संसद विघटनको विषयमा पूर्व महान्यायाधिवक्ता र बारका पदाधिकारीहरुले सभामुखलाई दिए यस्ता सुझाव
काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद विघटनविरूद्ध सर्वोच्चमा रिट परेको अवस्थामा छलफललाई तीव्रता दिएका छन् । घिमिरेले संवैधानिक, राजनीतिक तथा व्यावहारिक दृष्टिकोणहरू बनाउन बिहीबार पूर्वमहान्यायाधिवक्ता तथा बार एसोसिएसनका पदाधिकारीसँग अलग अलग छलफल गरे । उनले आफूले विगतको अभ्यासका आधारमा संविधानको परिधिभित्र रहँदै लोकतान्त्रिक मर्यादामा रहेर निर्णय लिने बताए ।
