सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : नेता डा. कोइराला
काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले घोषणा गरेको निर्वाचनमा सबै नेपाली सहभागी हुन सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज उनले कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अगाडि बढाउन अग्रिम पंक्तिमा उभिनुपर्ने बताए ।
