चीनका राजदूत फिर्ता बोलाउँदा भारतका राजदूतलाई यथावत राखियो
काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकारले यसअघिको सरकारले नियुक्त गरेका विभिन्न ११ देशका आवासीय राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ११ देशका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । जसमा चीनदेखि संयुक्त राज्य अमेरिकासम्मका आवासीय राजदूतहरु परेका छन् ।
