SHARE
लोक पथ · बिहीबार ३० असो २०८२ ०२:५४ PM · 1 मिनेट पढाइ

महाकवि लक्ष्मीप्रसाद देवकोटाका १४ महत्वपूर्ण भनाइहरु

काठमाडौं । महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्म विसं १९६६ साल कार्तिक २७ गते काठमाडौंको डिल्लीबजारमा भएको थियो । सो दिन ‘लक्ष्मीपुजा’ परेका कारण उनको नाम नै लक्ष्मीप्रसाद रहन गएको हो । देवकोटा नेपाली साहित्यका महाकवि हुन् । देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरि साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए ।