व्यवसायी बस्नेतको अगुवाईमा खुल्यो गतिशील लोकतान्त्रिक पार्टी, ५ जना महासचिव रहने
व्यवसायी बीरेन्द्रबहादुर बस्नेत सहितका व्यक्तिहरुले राजनीतिक दल खोलेका छन् । बुद्ध एयरका मालिक बस्नेतसहित अन्य व्यक्तिहरु मिलेर पार्टी खोलेका हुन् । उनीहरुले खोलेको पार्टीको नाम गतिशील लोकतान्त्रिक पार्टी राखिएको छ । यसमा पदाधिकारीले चुनावमा उम्मेदवार बन्न नपाउने व्यवस्था राखिएको छ । बिहिबार निर्वाचन आयोगमा दर्ता भएको पार्टीको अध्यक्ष दिनेश प्रसाईं छन् ।
