शेयरबजारमा लगातार तेस्रो दिन दोहोरो अंकको गिरावट, २५ सयको बिन्दुबाट तल झर्यो नेप्से
आज बिहीबार पनि शेयरमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से सूचक १८.४० अंकले घटेर २४८७.१७ को बिन्दुमा पुगेर रोकिएको छ। आज लगातार तेस्रो दिन नेप्से सूचक दोहोरो अंकले घटेको हो। आजको गिरावटपछि नेप्से सूचक २५ सय बिन्दुबाट तल झरेको छ।
