बाँडफाँड भएको दुई महिनासम्म पनि सूचीकृत भएनन् आईपीओ, लगानीकर्ताको सम्पति बन्धक
दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ साउन २९ गते बाँडफाँड गरेको थियो। सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको २ महिनाभन्दा धेरै अवधि भईसक्दा पनि कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत हुन सकेको छैन। २ महिना बितीसक्दा पनि कम्पनीको शेयर सूचीकरण भएर कारोबारमा आउन नसक्दा लाखौ लगानीकर्ताको सम्पति बन्धक भएको छ।
