टि २० विश्वकपको लागि युएई पनि छनौट, यी हुन् प्रतियोगिता खेल्ने नेपालसहितका २० देश
युएईले पनि आगामी टि २० विश्वकपमा स्थान पक्का गरेको छ । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत आज भएको खेलमा जापानलाई ८ विकेटले पराजित गर्दै युएईले विश्वकपको अन्तिम स्थान पक्का गरेको हो ।
