विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन
काठमाण्डु – जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरेका छन् । जेनजी अभियन्ता रक्षा बम लगायतका युवाहरूले जोशीको स्मृतिमा बुधबार काठमाण्डुको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका हुन् । विपिन अक्टोबर ७, २०२३ देखि हमासको कब्जामा थिए ।
