SHARE
मकालु खबर · बुधबार २९ असो २०८२ ०१:०३ PM · 1 मिनेट पढाइ

महोत्तरीको धानखेतमा नवजात शिशु फेला

काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिका–४ स्थित धान खेतमा आज दिउँसो एक नवजात शिशु फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार दिउँसो करिब २ बजे भार्गवसर पोखरी नजिकैको धानखेतमा अन्दाजी १५/१६ दिनको पुरुष शिशु जीवितै फेला परेको हो ।