SHARE
लोक पथ · बुधबार २९ असो २०८२ ०९:४८ AM · 1 मिनेट पढाइ

शेयर बजार २२.५८ अंकले घट्यो

काठमाडौं । शेयर बजार आज दबाबमा रहेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.५८ अंकले घट्दै २५०५ अंकमा पुगेको छ । दिनभर घट्दो क्रममा नेप्से २४९९ अंकसम्म झरेको थियो, तर अन्तिम मिनेटमा ६ अंकको सुधार आएपछि सूचक थोरै उठेको छ। आज बजारमा कारोबार रकम पनि घटेको छ ।