SHARE
लोक पथ · बुधबार २९ असो २०८२ १०:४२ AM · 1 मिनेट पढाइ

चीनमा सवारी दुर्घटना : ८ जनाको मृत्यु, ४ घाइते

चीन । पूर्वी चीनको शानडोङ प्रान्तको लियाओछेङ शहरस्थित छिपिङ क्षेत्रमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । ३७ वर्षीय चालक दु नामक व्यक्ति मद्यपान गरी यात्रुबाहक गाडी चलाइरहेका बेला दुर्घटना भएको बताइएको छ । राति करिब १०स्४६ बजे उनले चलाएको गाडीले धेरै इलेक्ट्रिक साइकलहरूलाई ठक्कर दिएको थियो।