SHARE
लोक पथ · बुधबार २९ असो २०८२ १०:४८ AM · 1 मिनेट पढाइ

एनआईसी एशिया बैंकका ग्राहकले एशियन बुद्ध होटलमा १५ प्रतिशत छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंकका र सिद्धार्थनगर, रुपन्देहीमा रहेको एशियन बुद्ध होटलबिच सम्झौता भएको छ ।  बैंकका ग्राहकहरुलाई एशियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबिच सम्झौता सम्पन्न भएको हो । यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।