SHARE
लोक पथ · बुधबार २९ असो २०८२ १०:५६ AM · 1 मिनेट पढाइ

एमालेसँगको सहकार्यबारे के भन्छन् प्रचण्ड ?

धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँगको सम्भावित एकता बारे खुलेर प्रतिक्रिया दिएका छन् । धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा युवा र पार्टी नेताकार्यकर्तासँग कुराकानी गर्दै प्रचण्डले आगामी निर्वाचनलाई माओवादीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने बताए । ‘अबको माओवादीको लाइन भनेको चुनाव हो, ‘उनले भने।