भोटेबहालको म्याक्स लाइटिङ इन्टरप्राइजेजमा राजश्वको छापा
काठमाडौं । काठमाडौंको भोटेबहालमा रहेको म्याक्स लाइटिङ इन्टरप्राइजेजमा आन्तरिक राजश्व कार्यालयले छापा मारेको छ । बुधबार आन्तरिक राजश्व कार्यालय न्युरोडले म्याक्समा छापा मारी कागजात नियन्त्रणमा लिएको हो । आन्तरिक राजश्व विभाग स्रोतका अनुसार म्याक्स लाइटिङ इन्टरप्राइजेजले कर छली गरेको उजुरी परेको र आन्तरिक छानबिनमा कैफियत पाइएपछि करदाताको फर्ममै गएर कागजात नियन्त्रणमा लिइएको हो ।
