SHARE
लोक पथ · बुधबार २९ असो २०८२ ११:०२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूतको भेटवार्ता, के-के भयो छलफल ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटवार्तामा उनीहरूबिच द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।