SHARE
लोक पथ · बुधबार २९ असो २०८२ ११:३३ AM · 1 मिनेट पढाइ

१३ सय प्रतिनिधिको हस्ताक्षर आए अध्यक्ष पद छोड्न तयार छु : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र असन्तुष्ट पक्षले आवश्यक हस्ताक्षर जुटाए विशेष महाधिवेशन बोलाउन र अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन् । बुधबार बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले भने, ‘पार्टीमा अध्यक्ष हटाउने प्रक्रिया चाहिने हो भने विशेष महाधिवेशन बोलाउनुपर्छ ।