SHARE
लोक पथ · बुधबार २९ असो २०८२ ११:४६ AM · 1 मिनेट पढाइ

संसद् विघटन विरुद्धको पेसी कात्तिक १२ गते, संवैधानिक इजलासमा सुनुवाइ हुने

काठमाडौं । संसद् विघटनविरुद्ध दायर रिटको सुनुवाइ कात्तिक १२ मा हुने भएको छ । बुधबार विघटनविरुद्ध परेका रिटहरू दर्ता गर्दै कात्तिक १२ को पेसी तोकिएको हो ।  सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार संसद् विघटनविरुद्ध दायर भएका रिटको पहिलो पेसी कात्तिक १२ का लागि तोकिएको छ ।