SHARE
लोक पथ · बुधबार २९ असो २०८२ १२:१९ PM · 1 मिनेट पढाइ

पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश

काठमाडौं । सुन तस्करी प्रकरणका पक्राउ परेका माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको छ । बुधबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् ।