SHARE
लोक पथ · बुधबार २९ असो २०८२ १२:४२ PM · 1 मिनेट पढाइ

मैले कल्पना गरेको मेरो देश नेपाल

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिकरूपले विविधतायुक्त राष्ट्र हो । हाम्रो देश नेपाल हिमालयको फेदमुनि अवस्थित छ । जसलाई देवभूमि पनि भनिन्छ । यदि विश्वमा प्रलय भएर संसार ध्वस्त भयो भने वा विश्वका मानिसहरू सखाप भए भने तिमीहरू बाँच्नुपर्छ भनेर नेपाल र नेपालीलाई देवी देवता, भगवानहरुले आशीर्वाद, वरदान दिएको किम्बदन्ती छ ।