SHARE
लोक पथ · बुधबार २९ असो २०८२ १२:५१ PM · 1 मिनेट पढाइ

सतिशकुमार सिंह मुख्यमन्त्री छाड्ने बित्तिकै नयाँ दलमा लागेपछि मधेसमा लफडा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका सतिशकुमार सिंह जनमत पार्टी छाडेर नयाँ दल जनस्वराज पार्टीमा औपचारिक रूपमा सनाखत भएका छन् । मधेसमा नयाँ सरकार गठनका लागि प्रक्रिया चलिरहेको समयमा सिंहले जनमत पार्टीबाट अलग भई नयाँ राजनीतिक यात्राको शुरुवात गरेका हुन् ।