SHARE
लोक पथ · बुधबार २९ असो २०८२ ०१:०५ PM · 1 मिनेट पढाइ

मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र प्रसाद सोनार नियुक्त

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा लोकतातन्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । उनले आफ्नो दल लोसपासहित अन्य दलगरी ५७ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेका थिए ।