राप्रपाले किन भनिरहेको छ प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री ?
काठमाडौं । जेनजी आन्दोलनपछि देशमा नयाँ सरकार बनेको छ । तत्कालीन सरकारले सामाजिक सञ्जाल बन्द गरेको विषयलाई नवयुवापुस्ताले आन्दोलनको मुख्य मुद्दा बनाए । साथै सामाजिक सञ्जाल टिकटकमा ‘नेपो बेबी’, ‘नेपो किड्स’ लगायतका ट्रेण्डहरु चल्यो । पछि त्यो आन्दोलन भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा हुने भनियो ।
