SHARE
लोक पथ · बुधबार २९ असो २०८२ ०१:५९ PM · 1 मिनेट पढाइ

गोकर्णेश्वरबाट ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल र हतकडीसहित दुई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंअन्तर्गतको प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–३ गोकर्ण बस्नेत गाउँको एक घरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।