SHARE
लोक पथ · बुधबार २९ असो २०८२ ०२:१३ PM · 1 मिनेट पढाइ

एमाले केन्द्रीय कमिटी बैठक : ५० केन्द्रीय सदस्यले राखे धारणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ केन्द्रीय कमिटी बैठकको पहिलो दिनको बैठक सम्पन्न भएको छ । ललितपुर, जावलाखेलको भनिमण्डलस्थित रामबाघ महलमा आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राखेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।