दक्षिणपूर्वी एसियाका अनलाइन ठगी केन्द्रबाट ८६० नेपालीको उद्धार
काठमाडौं । परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियाका विभिन्न देशमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्रमा फसेका नेपाली नागरिकको उद्धारका लागि कूटनीतिक पहल जारी राखेको जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डको सीमा क्षेत्रमा रहेका अनलाइन ठगी केन्द्रबाट अहिलेसम्म ८६० जना नेपालीको उद्धार गरिएको छ ।
