SHARE
लोक पथ · शुक्रबार​ १४ कात्िक २०८३ १०:३३ AM · 1 मिनेट पढाइ

एनपीएलका प्रत्येक चौका र छक्काबापत ‘इसेवा’ ले रेड पान्डा संरक्षणमा सहयोग गर्ने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत रेड पान्डा (हाब्रे) संरक्षणका लागि आर्थिक सहयोग गर्ने भएको छ । इसेवाले एनपीएलमा प्रहार हुने प्रत्येक छक्काबापत २ हजार रुपैयाँ र प्रत्येक चौकाबापत १ हजार रुपैयाँ सहयोग गर्नेछ । यस अभियानमा करसहित अधिकतम १० लाख रुपैयाँसम्म योगदान गरिनेछ ।