सांग्रिला डेभलपमेन्ट बैंक २२औँ वर्षमा प्रवेश, वार्षिकोत्सवमा सामाजिक काम गर्ने घोषणा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले शुक्रबार काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा २२औँ वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यात्रामा साथ दिने संस्थापक, सञ्चालक, ग्राहक, शेयरधनी, कर्मचारी तथा नियमनकारी निकायलाई धन्यवाद दिएका थिए ।
