SHARE
पर्दाफास · शुक्रबार​ १४ कात्िक २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

दशैँ बिदा सकियो, हुम्लाका सरकारी कार्यालय प्रमुखविहीन

हिन्दुहरुको महान पर्व बडादशैँ सकिएको चार दिन पुग्दासम्म जिल्लास्थित अधिकांस सरकारी कार्यालयका प्रमुखविहीन छन् । हुम्लाका स्थानीय तह, संघ र प्रदेश मातहतका कार्यालय प्रमुख दशैँ मनाउन घर गएपनि हालसम्म जिल्ला बाहिर बसेका छन् । उनीहरु दशैँ बिदामा गएपनि कार्यालयमा उपस्थित नसकेपछि निमित्तका भरमा दैनिक कार्य सञ्चालन हुँदै आएको छ ।