बाढी र उद्धारबारे सेनाको ब्रिफिङ- ‘विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड वाधक’
नेपाली सेनाले विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक बनेको बताएको छ । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको संसदीय विशेष समितिमा ब्रिफिङ गर्दै नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले विपद् व्यवस्थापनमा विभिन्न सरकारी निकायबीच क्षेत्राधिकारको दोहोरोपन देखिँदा समन्वयमा चुनौती थपिएको बताएका छन् । उनले छरितो र एकल ‘चेन अफ कमाण्ड’ आवश्यक रहेको औँल्याए ।
