लगातार दुई खेलमा हारपछि सन्दीपले भने- हाम्रो सबैभन्दा ठूलो कमजोरी फिल्डिङ रह्यो
नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले लगातार दोस्रो हार बेहोरेपछि कप्तान सन्दीप लामिछानेले टोलीको कमजोर फिल्डिङ र धैर्यताको कमीलाई हारको मुख्य कारण बताएका छन्। बिहीबार कर्णाली याक्ससँग पराजित भएपछि आयोजित पोस्टम्याच प्रेस मिटमा कप्तान सन्दीपले ब्याटिङ र बलिङमा टोलीले राम्रो सुरुवात गरे पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसकेको बताए।
