एनपीएल : नेपाली खेलाडी चम्किँदै, सबै खेलमा ‘म्याच विनर’ बने
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा नेपाली खेलाडीले उच्च प्रदर्शन गर्दै ‘म्याच विनर’ बनेका छन् । कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म छ खेल सम्पन्न भएका छन् । हालसम्म सम्पन्न छवटै खेलमा नेपाली खेलाडी ‘म्याच विनर’ बन्दै ‘प्लेयर अफ दी म्याच’ चुनिएका छन् ।
