उपकरण जडान गरेर निगरानीमा थियो भुटानमा विस्फोट भएको हिमताल
भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ । बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत क्षति पुगेको डेली भुटानले जनाएको छ । अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन् ।
