SHARE
पर्दाफास · शुक्रबार​ १४ कात्िक २०८३ ०३:२६ AM · 1 मिनेट पढाइ

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर रु पाँच करोड ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो ।