SHARE
काठमाण्डुपाटी · बिहीबार १३ कात्िक २०८३ ११:४० AM · 1 मिनेट पढाइ

कर्णालीले टस जित्यो, विराटनगरले पहिले ब्याटिङ गर्दै

काठमाण्डु– जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको ‘टस’मा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला ‘फिल्डिङ’ गर्ने निर्णय गरेका हुन् । यससँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्नेछ । कर्णाली आज दोस्रो जितको खोजीमा रहेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी