लोकेशको अर्धशतकमा विराटनगरले कर्णालीलाई दियो १८७ रनको लक्ष्य
काठमाण्डु- लोकेश बमको अर्धशतकमा विराटनगर किंग्सले कर्णाली याक्सलाई १८६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८० रन बनायो । विराटनगरका लागि लोकेशले ९ छक्का र ३ चौकाको मद्दतमा ८७ रन जोडे ।
