‘एनपीएल क्रिकेटको विकास परियोजना होइन, प्रतिभा देखाउने मञ्च हो’
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरू भइसकेको छ। अहिलेबाटै उपाधिका लागि को बलियो को कमजोर भन्ने अवस्था छैन। समूह चरणका खेल भइरहेकाले त्यो आकलन अहिलेका लागि हतार हुन्छ। तर चिसो मौसमको सुरूवातसँगैअघि बढेको प्रतियोगिताले खेलप्रेमीहरूलाई तताएको छ।
