पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, ८ जनाको मृत्यु
एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर विस्फोट हुँदा आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। प्रहरीका अनुसार थारपारकर जिल्लाको नगरपारकर सहरस्थित स्वास्थ्य केन्द्रमा पार्क गरिएको एम्बुलेन्समा विस्फोट भएको हो। घाइतेहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि कराची सारिएको छ।
