SHARE
काठमाण्डुपाटी · बिहीबार १३ कात्िक २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

बालेनसँग भेटेको भोलिपल्ट सभामुख अर्याललाई भेट्न पुगे रवि

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँग बुधबार लामो छलफल गरेका लामिछानेले त्यसको भोलिपल्ट बिहीबार सभामुख अर्यालसँग भेट गरेका हुन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको स्रोतले जनाएको छ। भेटका क्रममा समसामयिक राजनीतिक विषय तथा संसद्का गतिविधिबारे छलफल भएको बताइएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी