नेपालको विदेशी विनिमय सञ्चिति २८८१ अर्ब पुग्यो, कति महिनाको आयात धान्छ ?
नेपालको विदेशी विनिमय सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई २०८२ भदौ मसान्तमा रु.२८८१ अर्ब ३५ करोड पुगेको छ ।
