राष्ट्र बैंकले भन्यो ‘महँगी दर १.८७ प्रतिशत मात्रै छ’
नेपाल राष्ट्र बैंकले महँगी दर घटेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार २०८२ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो ।
