सानिमा बैंकको ठूला शेयरधनीमा मनोकामना क्यापिटल भित्रियो, जिवनाथले स्वामित्व घटाए
सानिमा बैंकको ठूला शेयरधनीमा मनोकामना क्यापिटल इन्भेस्टमेन्ट प्रा. लि. भित्रिएको छ। बैंकको आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार बैंकमा ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीमा मनोकामना क्यापिटल पनि भित्रिएको हो । बैंकको सबैभन्दा ठूलो शेयरधनीको रुपमा अरुण कुमार ओझा छन्, बैंकमा उनको ७.९४ प्रतिशत शेयर स्वामित्व रहेको छ।
