SHARE
पर्दाफास · बुधबार १२ कात्िक २०८३ ०२:४४ PM · 1 मिनेट पढाइ

क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा १० जना विदेशी नागरिक पक्राउ

पर्यटक भिसामा आई क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ परेका छन्। मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दश जना विदेशी नागरिकहरूको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको गृहमन्त्रालयले जनाएको छ।