सरकारमाथि ओलीको आरोपै आरोप, आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन् । बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई अहिलेको अवस्थाबाट पार लगाउन आन्दोलनका लागि तयार हुनुपर्ने बताए ।
