स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन उज्यालो नेपालको माग
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आसन्न स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगसँग माग गरेको छ । बुधवार आयोगलाई ज्ञापनपत्र बुझाउँदै उज्यालो नेपाल पार्टीले यस्तो माग गरेको हो ।
