अर्को सातादेखि उपत्यकाका तीन जिल्लाबाट अन्य जिल्लाका नागरिकताको प्रतिलिपि लिन सकिने
काठमाडौं । नेपालका जुनसुकै जिल्लाका नागरिकले पनि अब उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्ने छन् । प्रदेशअनुसार तोकिएका जिल्ला प्रशासन कार्यालयबाट सेवा उपलब्ध गराउन लागिएको हो ।
