टीभीएसको महा एक्सचेन्ज मेला बिहीबारदेखि, १० लाखसम्म छुटको अवसर
काठमाडौं। जगदम्बा मोटर्स प्रालिले कात्तिक १२ देखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘अचम्मैको महा एक्सचेन्ज मेला’ आयोजना गर्ने भएको छ। सात दिनसम्म चल्ने मेलामा पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएसका दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न सकिनेछ। मेलाको मुख्य आकर्षणका रूपमा ‘टीभीएस गोल्डेन की अफर’ रहेको छ।
