विद्युत् व्यापारका लागि ६ कम्पनीलाई एलओआई, ८ कम्पनी प्रतीक्षामा
काठमाडौं । सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने प्रक्रिया अघि बढाउँदै ६ वटा कम्पनीलाई आशयपत्र (एलओआई) प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा विद्युत् व्यापारका लागि आवेदन दिएका १४ कम्पनीमध्ये ६ वटाले आशयपत्र पाएका हुन् भने बाँकी ८ कम्पनीको कागजात तथा प्रक्रिया अध्ययन भइरहेको छ।
