‘जुनियर द पोएट आइडल’को विजेता बनिन् गान्तोककी प्रिस्का अधिकारी
काठमाडौं । भारतको सिक्किमस्थित गान्तोककी १४ वर्षीया प्रिस्का अधिकारी नेपाली कविता वाचनमा आधारित रियालिटी शो ‘जुनियरः द पोएट आइडल’को विजेता बनेकी छन्। कवितामार्फत आफ्ना भावना, अनुभव र मौलिक विचारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै प्रिस्काले निर्णायक तथा दर्शकको ध्यान आकर्षित गरेकी थिइन् ।
