SHARE
लोक पथ · बुधबार १२ कात्िक २०८३ ०५:५७ AM · 1 मिनेट पढाइ

मिठाईमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य अनिवार्य रूपमा खुलाउन निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले आज सूचना जारी गर्दै मिठाईमा प्रयोग हुने कच्चा पदार्थ तेल तथा घिउको प्रकार, उपभोग्य मिति र मूल्य अनिवार्य रूपमा खुलाउन निर्देशन दिएका हुन् ।